काेराेना कहरपछि नेपाल–भारत पर्यटन कार्यदल

काठमाडौँ — नेपाल र भारतले कोभिड–१९ को संकट हटेपछि संयुक्त पर्यटन कार्यदल बनाउने भएका छन् ।

नेपाल र भारतका पर्यटन अगुवाहरूबीच शुक्रबार भएको वेभिनार (सामाजिक सञ्जालबाट छलफल) मा दुवै देशले संयुक्त कार्यदल बनाई नयाँ रणनीति बनाउने विषयमा छलफल भएको हो ।

‘नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले गरेको प्रस्तावलाई आगामी दिनका छलफलले टुंग्याउने सहमति भएको छ,’ बोर्डले विज्ञप्तिमा भनेको छ, ‘बोर्डले भारतीय समकक्षीहरूसँगको छलफललाई तीव्रता दिने र यस किसिमको गन्तव्य वेभिनार संयुक्त रूपमा आयोजना गर्दै जाने निर्णय पनि भएको छ ।’

छलफलमा बोर्डका कार्यकारी प्रमुख रेग्मीसहित तीन जना सहभागी थिए । भारतीय ट्राभल एजेन्स एसोसिएसनका अध्यक्ष ज्योति मयल, भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एसोसिएसनका अध्यक्ष पीपी खन्ना, भारतीय एड्भेन्चर टुर अपरेटर एसोसिएसनका क्याप्टेन स्वदेश कुमार, भारतीय ट्राभल एजेन्ट्स फेडेरेसनका अध्यक्ष प्रदीप लुल्ला र भारतीय आउटबाउन्ड टुर अपरेटर्स एसोसिएसनका निवर्तमान अध्यक्ष महेन्द्र भखारिया सहभागी थिए ।

भारतीय ट्राभलका प्रमुख सञ्जित जैनले छलफलको समन्वय गरेका थिए । बोर्डका कार्यकारी प्रमुख रेग्मीले नेपाली पर्यटन उद्योगको क्षतिबारे सर्वेक्षण गरिरहेको जानकारी दिएका थिए ।





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार २२:९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया