Sun, 31 May, 2020


चेल्सीले फिर्ता बाेलाउन थाल्याे आफ्ना खेलाडी
फरकधार / बैशाख १९, २०७७

चेल्सीले आफ्ना विदेशी खेलाडीलाई इंग्ल्यान्ड फर्कन आग्रह गर्न थालेकाे छ । 



ब्राजिलका विलियनसँगै केही प्रमुख विदेशी खेलाडी कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि घर फर्केकाले अब चेल्सीले बेलायतमा बाेलाउन थालेकाे हाे । 

इंग्लिस प्रिमियर लिग जुनमा फेरि सुरु हुन सक्ने भनिएपछि चेल्सीले आफ्ना विदेशी खेलाडीलाई इंग्ल्यान्ड फर्कन भनेको हो । अहिले तत्काल अन्तर्राष्ट्रिय उडान रद्द रहेको स्थितिमा चेल्सीले आफ्ना विदेशी खेलाडीलाई इंग्ल्यान्ड फर्कन उदार नीति भने अपनाउने छ ।

ब्राजिलमै जन्मेका एमरसन र अमेरिकाका क्रिस्टियन पुलिसिच पनि आ–आफ्नो देशमा फर्केका थिए । इंग्ल्यान्ड फर्केयता पनि विदेशी खेलाडीले १४ दिन क्वारेन्टाइनमा बिताउनु पर्नेछ ।

 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्