सिन्धुलीमा चट्याङ लागेर एककाे मृत्यु

चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । यहाँको हरिहरपुरगढी गाँउपालिका वडा नम्बर २ श्रीपुर बस्ने रामजी राईको ३० वर्षिय छोरा पुरुषोतम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार उमा घलानले जानकारी दिइन् ।

उनका अनुसार सोही ठाँउमा रहेको आफ्नै पानी घट्टामा बुबालाई खाना पुर्‍याएर फर्कनेक्रममा चट्याङको तरङ लागि गम्भीर घाइते भएका राइलार्ई झनझनेस्थित स्थानीय पोलिक्लिनीकमा लैजादा स्वास्थ्यकर्मीले मृत घोषित गरेका हुन् । मृतक राईको शव सोही क्लिनीकमा रहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार २३:४६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया