सेनाले फेलापार्यो तीन महिनाअघि हिमपहिरोमा पुरिएका सातैजनाको शव

काठमाडौं– नेपाली सेनाले कास्कीमा तीन महिनाअघि गएको हिमपहिरोमा पुरिएका सातैजनाको शव फेला पारेको छ । 

सो स्थानमा गत माघ ३ गते हिमपहिरो गएको थियो । हिमपहिरोमा परी ३ जना नेपाली गाइड र ४ जना कोरियन पर्यटकहरु पुरिएका थिए । तीमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियन पर्यटकको शव पहिल्यै फेला परिसकेका थिए । 

एकजना नेपाली र एकजना कोरियन नागरिकको शव शुक्रबार सोही स्थानमा फेला परेको हो । सातै जनालाई मृत फेला पारिएको नेपाली सेनाले जनाएको छ । 

सेनाको पश्चिम पृतना हेडक्वाटरको समन्वयमा पोखरास्थित सेकेण्ड रेञ्जर बटालियनबाट परिचालित टोलीले वैशाख १९ गते शुक्रबार दुई शव फेला पारी शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइपुर्याएको हो ।





  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार १०:४२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया