विश्वलाई नै तहसनहस पारेको कोरोनाभाइरसका कारण क्यानडा अछुतो छैन । त्यहाँ पनि प्रत्येक दिन कोरोनाभाइरस संक्रमित बढिरहेका छन् ।
सरकारी तथ्यांकका अनुसार क्यानडामा अहिलेसम्म ५३ हजार ६ सय ५७ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । र, ३ हजार २ सय ३३ जनाले कोभिड १९ का कारण ज्यान गुमाइसकेका छन् ।
तर, अब विस्तारै त्यहाँ बजार खुलाउन माग गर्दै प्रदर्शन पनि हुन थालेका छन् ।
त्यसो त क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडो पनि केही समयअघि आफैं कोरोनाभाइरस संक्रमित भएपछि २१ दिन लामो क्वारेन्टाइनमा बसेका थिए । अहिले उनी काममा फर्किइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।