६ जिल्लाका एसपी फेरिए

प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)काे काज सरुवा गरेकाे छ । ती जिल्लामा कार्यरत एसपी बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो । 

सरुवाअनुसार सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी, दाङमा गणेश चन्द र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको छ । 

सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)का लालमणि आचार्य, दाङका अजय भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो ।





  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार १७:४५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया