कोरोनाभाइरस महामारीविरुद्ध ट्रम्प प्रशासनले गरिरहेका कामलाई चर्को आलोचना गरेका अमेरिकी कंग्रेसको एक समितिका वरिष्ठ स्वास्थ्य सल्लाहकार डा. एन्थली फाउचीलाई अहिले तत्काल बोल्न संसदमा यसबारे बताउन रोक लगाइएको छ ।
डेमोक्रेटिक नेतृत्वको हाउस अफ रिप्रिजेन्टेटिभको एक उपसिमितिको ६ मेको सुनुवाईमा डा. फाउचीले आफ्ना कुरा राख्न चाहेका थिए ।
कोरोनाभाइरस महामारीविरुद्धको लडाईंमा कमजोरी धेरै रहेको भन्दै अमेरिकामा डेमोक्रेट्सले लगातार राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरिरहेका छन् । अमेरिकामा अहिलेसम्म कोभिड १९ का कारण ६५ हजार भन्दा धेरै अमेरिकीको ज्यान गइसकेको छ ।
ह्वाइट हाउसका एक प्रवक्ताले यसबारे बताएका छन्, ‘कंग्रेससँग हामी पनि काम गर्न तयार छौँ, तर अहिले नै कोरोनाभाइरसविरुद्ध लडिरहेकाले बोल्दा गलत सन्देश जान सक्ने भएकाले उनीमाथि प्रतिबन्ध लगाइएको हो ।’
वासिङटन पोस्ट पत्रिकाका अनुसार पछिल्लो समय डा. फाउची अमेरिकी प्रेस बिफ्रिङमा पनि कम देखिन थालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।