संविधानले दिँदैन वामदेव गौतमलाई मन्त्री हुन

सत्तरुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय चलिरहेको विवादबीच एउटा अर्को प्रसंगमा छलफल हुन थालेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गरेसँगै यो छलफलले अर्को मोड लिएको छ । 

केही दिनअघि सचिवालय बैठकमा नै प्रधानमन्त्री ओलीले गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए । उनले गौतमलाई कोरोना महामारी सकिएपछि आफूले राजीनामा दिने र प्रधानमन्त्री बनाउने प्रस्ताव सचिवालयमा राखेका थिए । 

तर, शनिबार दिउँसो भएको भेटघाटमा ओलीले गौतमलाई फेरि यही सरकारमा उपप्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । 

उनको प्रस्तावमा वामदेव गौतम पनि सकारात्मक भएको बताइएको छ ।

तर, संविधानअनुसार प्रतिनिधि सभाको निर्वाचनमा पराजय व्यहोरेको व्यक्ति त्यही प्रतिनिधिसभा रहन्जुेल मन्त्री हुन नपाउने व्यवस्था रहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको यो प्रस्ताव पनि अहिले अल्मलाउनका लागि नै भएको निचोड निकाल्न सकिन्छ ।


 



 



  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार १९:१९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया