सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पछिल्लो समय यो पार्टीमा रहेको विवादलाई नयाँ मोड दिने भएको छ ।
शनिबार साँझ बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आत्मोलचना गरेका छन् ।
यसका साथसाथै नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पनि प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ । तर, यसका लागि उनलाई कुन ठाउँबाट निर्वाचनमा उठाउने भन्ने अहिलेसम्म तय भएको छैन ।
यसअघि नेकपाका केही सांसदहरुले आफूहरु गौतमका लागि आफ्नो निर्वाचन क्षेत्र छोड्न तयार भएको बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।