नेकपाका कार्यकर्तालाई निर्देशनः पार्टी फुट्नसक्ने क्रियाकलाप नगर्नू !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई अहिलेको समयमा सजग रहन निर्देशन दिएको छ । पार्टीलाई फुटाउन सक्ने विभिन्न खालका गतिविधि तथा क्रियाकलाप नगर्न नेकपाले नेताहरुलाई निर्देशन दिएको छ ।

शनिबार साँझ भएको पार्टीको सचिवालय बैठकमा पार्टीलाई थप एक बनाएर लैजाने निर्णय भएको भन्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले यो निर्देशन दिने निर्णय भएको बताएका हुन् । 

उनले पार्टीको आन्तरिक जीवनमा देखा परेको समस्या र संकटलाई समाधान गर्ने र पार्टी एकतावद्ध भएर अगाडि बढ्नु पर्ने र त्यसलाई बलियो बनाउन फुटउन्मुख क्रियाकलाप नगर्न पार्टी पंक्तिलाई निर्देशन दिने बताएका हुन् ।
 

 





  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार २२:९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया