कोरोनाभाइरस महामारीबीच चीन र अमेरिकाको राजनीतिक खिचातानी अझै रोकिने देखिँदैन । अमेरिकाले कोरोनाभाइरस महामारीमा बारम्बार चीनमाथि विभिन्न आरोप लगाउँदै आएको छ । अब यही सिलसिलामा चीन पनि जोडिएको छ ।
चीनको सरकारी समाचार एजेन्सी शिन्ह्वाले एनिमेटेड फिल्म बनाएर अमेरिकामाथि प्रहार गरेको छ ।
कोरोनाभाइरसलाई लिएर चीनविरुद्ध ट्रम्प प्रशासनले बारम्बार आलोचना गर्न थालेपछि यो एनिमेटेड भिडियो बनाइएको हो ।
वान्स अपन अ भाइरस नाम दिइएको यो भिडियोमा एकातिर चीनमा भाइरसविरुद्ध लडेका व्यक्तिहरु देखिएका छन् भने अर्कोतिर अमेरिकाको स्ट्याचु अफ लिवर्टी देखिएको छ ।
अनि यसमा अहिले चलिरहेको विवादलाई नै राखिएको छ । चीनले आफूले समयमा नै कोरोनाभाइरसबारे बताएको दाबी यसमा छ भने अमेरिकाले अझै पनि दोष लगाइरहेको छ ।
दुवै पक्षले शब्दमा एकअर्कालाई वाण हानिरहेका छन् भने अन्तिममा चिनियाँ क्यारेक्टर बोलेको देख्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।