रुसका निर्माणमन्त्री भ्लादिमिर यकुशेफलाई कोरोनाभाइरस संक्रमण भएको छ ।
रुसी मिडियाकाअनुसार निर्माण मन्त्रालयका राज्यमन्त्री पनि कोरोनाभाइरस संक्रमित पाइएका छन् । बिहिबार मात्र रुसी प्रधानमन्त्री मिखाइलमा पनि कोरोनभाइरस संक्रमण पुष्टि भएको थियो । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि यो जानकारी दिएका थिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले मस्कोभन्दा बाहिर एक सहरमा छन् । उनी कोरोनाभाइरस संक्रमणबाट बच्न त्यहाँ गएको मानिएको छ ।
पछिल्लो समय रुसमा कोरोनाभाइरसको संक्रमण निकै बढेको छ । पछिल्ला २४ घन्टामा मात्र रुसमा ९ हजार ६ सय २३ जना संक्रमित भेटिएका छन् । यीमध्ये आधाभन्दा बढी मस्कोमा भेटिएको बताइएको छ ।
रुसमा अब १ हजार २ सय २२ जनाभन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।