ट्रम्पले भने– किम फर्किएकाे देख्दा निकै खुसी छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार उत्तर कोरियाली नेता किम जङ उन जीवित रहेको पुष्टि गरेका छन् । उनले ट्विटरमा किम फेरि काममा फर्किएको र एक उद्योग उद्घाटन गरेको भन्दै दाबी गरिएका तस्वीरलाई रिट्विट गर्दै आफ्नो खुसी व्यक्त गरेका हुन् । 

ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘म, कम्तिमा पनि म, उनी स्वस्थ्य भएको र फेरि फर्किएको देख्दा खुसी छु ।’

तर यसबारे उनले अमेरिकी पत्रकार सम्मेलनमा केही बताएका थिएनन् । 

अर्कोतिर, किम स्वस्थ छन् भनेर देखाउन प्रयोग गरिएका शनिबारका तस्वीरहरुमाथि पनि आशंका गरिएको छ । यी तस्वीर उत्तर कोरियाली सरकारी सन्चारमाध्यमले जारी गरेको हो । 

२० दिनअघि देखि उन हराइरहेका थिए । उनको मुटुको शल्यक्रिया गरिएको भनिएको थियो । केहीले त उनको मृत्यु भइसकेको दाबी पनि गरेका थिए । 

त्यसो त किम हराएको यो पहिलो पटक होइन । उनी २०१४ को सेप्टेम्बरमा ४० दिन हराएका थिए । त्यति बेला पनि उनको स्वास्थ्यबारे यस्तै अड्कलबाजी गरिएका थिए । 



त्यति बेला उनी गोलीगाँठाको अपरेसन गरेर आराम रहेको बताइएको थियो । 
 



  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार ४:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया