कोरोनाभाइरसः चीनले १६ देशमा पठाएको छ १ सय ४९ मेडिकल टिम

कोरोनाभाइरस (कोभिड १९)विरुद्ध लड्न चीनले १६ देशमा १ सय ४९ मेडिकल टिम पठाएको छ । चीनका राष्ट्रिय स्वास्थ्य कमिसनका प्रवक्ता मी फेङले शनिबार विहान यो जानकारी दिएका हुन् ।

उनले चिनियाँ राष्ट्रिय टेलिभिजन सिजिटिएनमा दिएको अन्तर्वार्तामा यस्तो दाबी गरेका हुन् । 

उनका अनुसार चीनले अझ विस्तृत रुपमा विभिन्न देशमा कोरोनाभाइरसविरुद्ध काम गर्ने तयारी गरिरहेको छ ।

उनले चीनमा शनिबार एक जनामात्र कोरोनाभाइरस संक्रमित भेटिएको र लगातार चौथों दिन पनि चीनमा कोभिड १९ का कारण कसैको मृत्यु नभएको पनि बताएका छन् ।
 

 





  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार ४:३५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया