कारवाहीमा परे १८ हजार सवारीसाधन, लकडाउनमा उपत्यकामा दुर्घटनामा ८ जनाकाे मृत्यु

कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशमा अहिले लकडाउन गरिएको छ । तर, केही व्यक्तिहरुले यसलाई उल्लंघन गर्दै आइरहेका छन् । 

महानगरीय ट्राफिक प्रहरीले अहिले सवारी साधनले अनुमति पत्र लिए वा नलिएको चेकजाँच निकै कडारुपमा गर्न थालेको छ । 

योसँगै नेपालमा ४१ दिनको लकडाउनको अवधिमा लकडाउन उल्लंघन गर्ने १८ हजार २ सय ८१ वटा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जसमध्ये ६२ वटा सवारी साधन सम्बन्धित धनीलाई बुझाउन बाँकी रहेको महाशाखाले जनाएको छ ।

लकडाउन भए पनि उपत्यकामा एक सय ७५ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् । एक सय १८ जना सामान्य घाइते भएको महाशाखाले जनाएको छ । महाशाखाले दुई हजार दुई सय सवारी पासलाई जफत गरेको छ ।
 





  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार ५:५०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया