\
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफू कोरोनाभाइरस संक्रमित हुँदा र त्यसपछि उपचारका लागि अस्पतालमा भर्ना हुँदाका विभिन्न कुराहरु सार्वजनिक गरेका छन् ।
उनी २६ मार्चमा कोरोनाभाइरस पोजेटिभ पाइएको थिए । त्यसको १० दिनमा उनलाई अस्पतालमा भर्ना गरिएको थियो । लन्डनको सेन्ट थोमस अस्पतालमा भर्ना भएका उनलाई दोस्रो दिनमा नै आइसियूमा सारिएको थियो ।
अब उनी ठिक भइसकेका छन् र काममा फर्किएका छन् ।
यहीबीच उनले बेलायती पत्रिका सनमा अन्तर्वार्ता दिएका छन् । त्यसमा उनले अस्पतालमा उनलाई जीवित राख्न चिकित्सकहरुले कयौँ लिटर अक्सिजन दिएको बताएका छन् ।
उनले अस्पतालमा आफू हुँदा जतिबेला पनि यसबाट आफू बाहिर कतिबेला निस्किन्छु होला भन्ने सोच्ने गरेको बताएका छन् । उनकी पार्टनर केरी साइमन्ड्सले यसअघि नै उनको उपचारमा संलग्न भएका दुई चिकित्सको नाममा आफ्नो छोराको नाम राखेको बताएकी थिइन् ।
बोरिस अस्पतालबाट डिस्चार्ज भएको केही दिनमा नै उनको छोराको जन्म भएको थियो ।
अस्पतालको अनुभवबारे बोरिसले भनेका छन्, ‘मलाई विश्वास गर्नै गाह्रो भएको थियो कि केही दिनमा नै मेरो अवस्था निकै खराब भएको थियो ।’ उनले चिकित्सकले निकै ख्याल राखेकाले आफू ठिक भएको पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।