कोरोनाभाइरसः भारतमा किन भइरहेछ ६० वर्षभन्दा कमको धेरै मृत्यु ?

कोरोनाभाइरस संक्रमणका कारण भारत पनि अब नराम्रोसँग प्रभावित हुने देखिएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण १ हजार ७५ जनाको निधन भइसकेको छ । ३५ हजारभन्दा धेरै त्यहाँ संक्रमित भइसकेका छन् । 

अरु देशको तुलना गर्ने हो भने भारतमा मृत्यु हुने ५० प्रतिशतभन्दा धेरै ६० वर्षभन्दा कमका छन् । यसले गर्दा भारतमा कोरोनाको बदलिएको ट्रेन्ड देखिएको बताइएको छ । 

किनकि भारतमा कम उमेरका मानिस बढी कोरोनाभाइरसका शिकार भएका छन् ।

अर्कोतिर, अहिले भारतमा ७५ वर्षभन्दा माथिका कोरोनाभाइरस संक्रमित ९.२ प्रतिशत छन् । भारतमा जब कोरोनामहामारी सुरु भएको थियो, त्यति बेला चाहिँ यो संख्या ४२.२ प्रतिशत थियो ।

यसबारे भारतीय अधिकारीहरुले अध्ययन सुरु गरेका छन् । अहिलेसम्म यसलाई कोरोनाको बदलिएको स्वरुप भनिएको छ तर ठोस निष्कर्ष निकाल्न सकिएको छैन । 
 

 





  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार ६:५०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया