विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघको माग

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ । 

कोरोना संकटका कारण क्याम्पस तथा विद्यालय खोल्ने अवस्था नभएपछि विभिन्न विश्वविद्यालय र विद्यालयले अनलाइन कक्षा सुरु गरेका छन् । सो अवस्थामा अनलाइन अध्ययनका लागि विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघले माग गरेको हो । 

नेविसंघले आइतबार टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय तथा क्यमम्पससँग विवरण लिएर सामाजिक उत्तरदायिन्व अन्तर्गतको बजेटबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको हो ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले विश्व स्वास्थ्य संगठनले कोरोनाको असर दुई वर्षसम्म पर्ने बताइसकेको र यसले नेपालको शिक्षामा पनि असर पार्ने भएकाले अनलाइन कक्षाको व्यवस्था गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने बताए ।  

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सामुदायिक विद्यालय तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीका लागि शिक्षा मन्त्रालय र सञ्चार मन्त्रालयसँगको समन्वयमा केही सहुलियत दिने ठाउँ रहेको बताए । 





  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार १४:९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया