नेपालमा आइतबार थप १० जनामा कोरोनाभाइरस पोजिटिभ देखिएको छ ।
१० जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।
संक्रमित हुनेहरुमा पर्साका ३६ वर्षीय युवक र बाँकी ९ जना नेपालगञ्जका रहेका छन् ।
बाँकेमा संक्रमित हुनेहरुमा ७ देखि ५८ वर्षभित्रका छन् । उनीहरुको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् ।
यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।