भारतमा आजबाट फेरि नयाँ लकडाउन सुरु भएको छ । दुई चरणमा २१ दिन र १४ दिन गरिएको लकडाउन थप १४ दिन थप्ने भारत सरकारले निर्णय गरेको छ ।
तर, त्यहाँ अब विभिन्न राज्यमा फसेका मजदूर तथा अन्य व्यक्तिहरुलाई राज्यले नै फिर्ता लैजान लागेका छन् ।
भारतमा नेपालीहरु पनि अड्किएका छन् ।
यसअघि हामीसँग भारतको लभ्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू)मा अड्किएका एक सयभन्दा बढी विद्यार्थी सम्पर्कमा आएका थिए । उनीहरु नेपाल आउन चाहन्छन् । तर, नेपाल सरकार र युनिभर्सिटी प्रशासनले यसमा कुनै चासो दिएको छैन ।
यता, नेपाल सरकारले तत्काल भारतमा अड्किएका नेपाली नल्याउने रणनीति बनाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट नेपाली ल्याउँदा कोरोनाभाइरस सर्ने भएकाले तत्काल भारतबाट नेपाली नल्याउने राय दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सीमामा भएका नेपालीलाई देशमा ल्याउँदा फेरि भारतका अन्यत्र ठाउँबाट पनि मानिसहरु हिँड्न थाल्ने भएकाले सीममा रहेका नेपालीलाई पनि नेपाल नल्याउने नीति बनाउन सरकारलाई निर्देशन दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।