नेपालमा पनि अब बालबालिकामा पनि कोरोनाभाइरस देखिन थालेको छ । भेरी अस्पतालबाट आइतबार आएको परीक्षणको रिपोर्टअनुसार नेपालमा ७ वर्षका एक व्यक्तिमा पनि कोरोनाभाइरस संक्रमण देखिएको हो ।
यसअघि नेपालमा १९ वर्षमा फ्रान्सबाट फर्किएकी युवतीमा कोरोनाभाइरस देखिएको थियो । उनी ठिक भएर घर फर्किइसकेकी छिन् । काठमाडौंको टेकुस्थित अस्पतालमा उनको २१ दिन लामो उपचार चलेको थियो ।
त्यस्तै, जनकपुरमा पनि १४ वर्षका एक युवामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । उनी पनि ठिक भइसकेका छन् ।
विश्वभर ९ वर्षसम्मका बालबालिकालाई कोरोनाको जोखिम कम भएको मानिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।