के छ फ्रान्स, स्पेन र इटालीको अवस्था ?

कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित तीन युरोपेली मुलुक फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरसका संक्रमितको संख्या दैनिक बढिरहेको छ ।

तर, पछिल्ला केही दिन यता यी देशहरुमा दैनिक हुने मृत्यु घटिरहेको छ ।

फ्रान्समा आइतबार १३५, स्पेनमा १६४ र इटालीमा १७४ जनाको निधन भएको छ । यो तथ्यांक मार्च यताकै दैनिक मृत्यु हुनेको संख्यामा सबैभन्दा कम हो । 

अर्कोतिर रुसमा अब कोरोनाभाइरस संक्रमण निकै देखिन थालेको छ । त्यहाँ आइतबार एक दिनमा मात्र १० हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका थिए । आइतबार फ्रान्समा ५८ जनाको निधन भएसँगै कोरोनाका कारण निधन हुनेको संख्या १ हजार २ सय ८० जना पुगेको छ । 

उता, बेलायतमा आइतबारमात्र ३ सय १५ जनाको मृत्यु भएको छ । विश्वमा अमेरिका, इटालीपछि अब फ्रान्समा कोरोनाभाइरसका कारण मृत्यु हुनेहरु सबैभन्दा धेरै छन् ।
 

 





  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार ४:५९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया