इटालीमा कोरोनाका कारण निधन हुनेको संख्या २९ हजार नजिक

इटालीमा आइतबार १ सय ७४ जनामा कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । यो संख्या त्यहाँ मार्चमा लकडाउन लागु गरेपछिको सबैभन्दा कम हो । 

सरकारी तथ्यांकअनुसार अहिलेसम्म इटालीमा २८ हजार ८ सय ८४ जनाको निधन भइसकेको छ । अनि कोरोना संक्रमण चाहिँ २ लाख १० हजार मानिसमा देखिएको छ ।

तथ्यांकअनुसार अब त्यहाँ १७ हजार २ सय ४२ जना अस्पतालमा भर्ना भएका छन् । उनीहरुका कोरोनाभाइरसको लक्षण देखिएको छ । यीमध्ये कम्तिमा पनि १५ सय जना आइसियूमा छन् । ८१ हजारभन्दा धेरै घरमै सेल्फ आइसोलेसनमा छन् । 

इटालीमा आज अर्थात् सोमबाट लकडाउन केही खुकुलो बनाइँदै छ ।
 

 





  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार ५:१८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया