म्याग्दी– म्याग्दी जिल्ला डेंगुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीनजनामा डेंगु संक्रमण देखिएको छ ।
बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा संक्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेंगु संक्रमितको संख्या पाँच पुगेको छ ।
एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेंगु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले बताए ।
‘म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेंगु संंक्रत भेटिएका छन्, ‘उहाँहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन”, डा. बस्ताकोटीले भने । वैशाख महिनामा चार पुरुष र एक महिलामा डेंगुको संक्रमण देखिएसँगै म्याग्दी डेंगु रोगको जोेखिम उच्च रहेको डा. बस्ताकोटीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।