चीनका नेसनल हेल्थ आयोगले सोमबार देशमा जम्मा तीन जना कोरोनाभाइरस संक्रमित भेटिएको बताएको छ । एक दिन अगाडि पनि चीनमा जम्मा दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।
चीनको वुहानबाट नै सुरु भएको यो भाइरस अब त्यहाँ संक्रमणमा निकै नियन्त्रणमा आएको छ । किनकि यी तीन केसहरु पनि विदेशबाट आएको चीनले जनाएको छ ।
तर, ३ मेमा कोरोनाभाइरसको कुनै लक्षण नदेखिएका अन्य १३ जना पनि भेटिएको बताएको छ । २ मेमा चाहिँ यस्ता संक्रमित १२ जना थिए । चीनले लक्षण देखिएका र नदेखिएका गरि दुई किसिमले कोरोनाभाइरस संक्रमितको तथ्यांक राख्ने गरेको छ ।
यसका साथसाथै अब चीनमा कोरोनाका कूल संक्रमित ८२ हजार ८ सय ८० पुगेका छन् । चीनमा ४ हजार ६ सय ३३ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।