जापानमा संकटकाल बढाइने

जापान सरकारले देशमा लगाएको संकटकाल मे अन्त्यसम्म बढाउने तयारी गरेको छ । 

जापानको सार्वजनिक प्रसारणकर्ता एनएचकेका अनुसार प्रधानमन्त्री सिन्जो अबेले सोमबार यसको घोषणा गर्दै छन् । 

समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार जापना सरकारले कोरोनाभाइरस संक्रमण रोकथामका लागि नयाँ तरिकाका प्रतिबन्ध तथा उपायहरुबारे पनि घोषणा गर्ने सम्भावना बढी छ । 

जापानमा कोरोनाभाइरस संक्रमितको संख्या १५ हजार आसपास छ । त्यहाँ कोभिड १९ का कारण ५ सयभन्दा धेरैको ज्यान गएको छ ।

एनएचकेका अनुसार सोमबार प्रधानमन्त्री अबेले गर्ने सम्बोधनमा संकटकाल किन बढाइँदैछ भन्नेबारे पनि चर्चा गरिनेछ । 

जापनाले पहिलो पटक ७ अप्रिलमा टोकियो तथा अन्य कयौँ प्रान्तमा ६ मेसम्मका लागि पहिलो पटक संकटकाल घोषणा गरेको थियो ।



कोरोनाभाइरसका कारण भएको व्यवसायिक मन्दीका कारण विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान अहिले ठूलो समस्यामा परिसकेको छ ।
 

 



  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार ११:४६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया