रामेछापमा सबैको कोरोना रिपोर्ट नेगेटिभ

रामेछापमा विदेशबाट आएका सबैको कोरोनाभाइरस संक्रमण परीक्षण सकिएको छ । अनि यो परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

त्यहाँ अहिलेसम्म १ सय ८६ जनाको ¥यापिड टेस्ट गरिएको बताइएको छ । रामेछापको मन्थली नगरपालिकामा २४ जना र रामेछाप नगरपालिकामा २६ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको थियो । यसैगरी गोकुलगंगा गाउँपालिकामा ४१ जना, खाँडादेवी गाउँपालिकामा ४०, सुनापति गाउँपालिकामा २१, दोरम्बा गाउँपालिकामा १५, उमाकुण्ड गाउँपालिकामा ११, लिखुतामाकोसी गाउँपालिकामा ६ र जिल्ला अस्पतालमा २ जनाको आरडीटी प्रविधिबाट परीक्षण गरिएको थियो ।

यीमध्ये ४ जनाको स्वाब नै परीक्षण गर्न काठमाडौं ल्याइएको थियो । पिसिआर टेस्ट गर्दा पनि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । 

तर, यीमध्ये एक जनाको ज्वरो बढी हुँदा मृत्यु भएको छ । 

अहिले रामेछापमा ३० जना होम क्वारेन्टाइनमा छन् । 
 

 





  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार ११:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया