भारतमा चर्को विरोधपछि रेलको टिकट पैसा यात्रुलाई नलाग्ने

भारतमा प्रवासी मजदूरका लागि रेल सेवा विभिन्न राज्यले सुरु गरेका छन् । तर, यसअघि यो रेलमा जान चाहनेले पैसा तिर्नु पर्ने भएपछि सरकारको व्यापक विरोध भएको थियो । 

अब भारतको सत्ताधारी बिजेपीले स्पष्टिकरण दिएको छ । उसका अनुसार अब त्यहाँ रेलमा यात्रा गर्ने मजदूरहरुका लागि रेल यात्राको पैसा लाग्ने छैन । 

समाचार एजेन्सी पिटिआईका अनुसार भारतीय जनता पार्टीले रेलमा यात्रा गर्ने मजदूरका लागि ८५ प्रतिशत रकम रेलवेले नै छुट दिएको र १५ प्रतिशत रकम सम्बन्धित राज्यले तिने जनाएको छ ।

यसअघि भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलगायतले सरकारले विदेशबाट अरु यात्रुहरुलाई विमान चार्टर गरेर ल्याउन सक्ने तर आफ्नै देशभित्र मजदूरहरुलाई रेलको पैसा लिने भन्दै आलोचना गरेका थिए ।
 

 





  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार १२:१२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया