सिराहामा राहत वितरणमा स्थानीयबीच विवाद हुँदा प्रहरीले हवाइफायर गरेको छ । भीड अत्यधिक बढेर विवाद भएपछि प्रहरीले गोली चलाएको हो ।
स्थानीयहरुले राहत वितरणमा आफ्नो नाम नपरेको भन्दै ढुंगामुढा गरेका थिए । मिर्चैया नगरपालिका ७को फलुबरियामा राहत उपलब्ध गराउँदा यो समस्या भएको हो ।
वडा कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले ९ राउन्ड हवाइफायर गर्न परेको थियो ।
त्यहाँ पहिले प्रहरीले लाठीचार्ज गरेको थियो । तर, भीड नियन्त्रणमा नआएर उल्टै ढुंगा प्रहार हुन थालेपछि प्रहरीले बाध्य भएर हवाइफायर गरेको बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।