६७ वर्षकी केलीमा बेलायतमा गरियो कोरोनाभाइरस औषधीको परीक्षण

बेलायतमा वैज्ञानिकहरुले बनाएको नयाँ औषधी ६७ वर्षकी कोरोनाभाइरस संक्रमित महिलामा प्रयोग गरिएको छ । 

यो त्यहाँको साउथएम्प्टनमा रहेको अस्पतालमा परीक्षण गरिएको हो । 

बेलायतको बायोटेक कम्पनी सिनैरजेनले बनाएको यो औषधीमा इन्टरफेरोन बेटा नामको प्रोटिन प्रयोग गरिएको छ । यो प्रोटिन खासमा हाम्रो शरीरमा भाइरस संक्रमण हुँदा आफैं उत्पादन हुन्छ । 

यो परीक्षणको पहिलो नतिजा आउन चाहिँ केही समय लाग्नेछ । जुनको अन्त्यसम्म यसको नतिजा आउने बताइएको छ ।

यो औषधी त्यहाँकी एक ६७ वर्षकी केयी फ्लिट्नेमा प्रयोग गरिएको हो । उनलाई औषधी सोझै उनको फोक्सोमा पुग्ने गरि लिन लगाइएको छ । अहिले उनको त्यहाँको अस्पतालमा उपचार भइरहेको छ ।
 





  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार २०:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया