कोरोनाविरुद्ध लड्न मेक्सिकोले लागुऔषध कारोबारीको घर लिलामीमा राख्यो

मेक्सिकोको सरकारले कोरोनाभाइरसविरुद्ध लड्नका लागि नयाँ उपाय अवलम्बन गरेको छ । मेक्सिकोमा एक नामुद लागुऔषध कारोबारीको घर लिलामीमा राखेर मेक्सिकोले कोरोनाविरुद्ध लड्न कोष बनाउने भएको हो । 

यो घर अमादो कार्रिलो फुएन्टेसको हो । अमादो मेक्सिकोमा ‘लर्ड अफ स्काइज’ नामबाट निकै चर्चित थिए । उनको सन् १९९७ मा मृत्यु भएको थियो ।

यसअघि उनको पहिलो घर २ मिलियन डलरमा बिक्री भएको थियो । उनको गाडी, गहनालगायत सबै लिलामीमा राख्दा यसअघि अर्को घरबाट साढे ४ मिलियन अमेरिकी डलर मेक्सिको सरकारले जम्मा गरेको थियो । 
 

 





  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार २१:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया