पिठोको बोरामा पैसाः किन चर्चामा छन् आमिर खान ?

विश्व अहिले महामारीसँग जुधिरहेको छ, कोरोनाभाइरसका कारण उत्पन्न भएको महामारी । अनि यसलाई निस्तेज पार्न वा पराजित गर्न विश्वका कयौँ देशले लकडाउन गरेका छन् ।

यही लकडाउनका कारण गरीब तथा बेसहारा मानिसहरुको बेहाल भएको छ । तर, यो होइन कि उनीहरुलाई सहयोग गर्ने मन नै छैनन् । 

भारतमा पनि लकडाउनका कारण लाखौँ मजदूर तथा गरिब वर्गका व्यक्तिमा समस्या देखिएको छ । उनीहरुलाई सहयोग गर्नेहरु पनि नभएका होइनन् । फिल्मी हस्तीहरुदेखि सामाजिक संगठनले पनि सहयोगी हात बढाएका छन् । 

बलिउडका अक्षय कुमार, सलमान खान, शाहरुख खान, अजय देवगणदेखि लिएर अन्य सेलेब्रिटीहरुले समस्यामा परेका मानिसहरुलाई सहयोग गरिरहेका छन् ।

यहीबीच केही दिनअघि नेपालमा पनि सामाजिक सन्जालमा एउटा भिडियो अत्यन्त चर्चामा थियो । त्यसमा एउटा पिठोको झोलामा मानिसहरुलाई पैसा पनि राखेर राहत दिइएको देखाइएको थियो । 

अनि यसमा दाबी गरिएको थियो, यो आमिर खानले गरेका हुन् । हो, आमिर खान अर्थात् बलिउडका पर्फेक्सनिस्ट आमिर खान । 



तर, यो त अफवाह पो रहेछ । अनि यो समाचारलाई र सामाजिक सन्जालमा भाइरल भएको भिडियोलाई अफवाह हो भनेर आमिरले नै भनेका हुन् । यसका लागि उनले ट्विटरको सहयोग लिएका छन् । 

ट्विटरमा उनले त्यसरी पैसा बाँडेको मान्छे आफू नभएको बताएका छन् । उनले लेखेका छन्, ‘साथीहरु, आँटाको झोलामा पैसा राख्ने मान्छे म होइन । या त यो पूरै फर्जी कथा हो या फिर कुनै रबिनहुडले आफ्नो नाम उजागर गर्न चाहेका छैनन् । सुरक्षित रहनुहोस् ।’



आमिरको यो प्रष्टिकरण आउनुपहिले भाइरल भएको भिडियो चाहिँ यस्तो थियोः 
 

  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार २२:२६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया