परीक्षाका लागि हङ्गेरीमा विद्यार्थी फर्किए कक्षाकोठामा

नेपालमा जस्तै विश्वभर कोरोनाभाइरस महामारीका कारण विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ । यहीबीच हंगेरीमा चाहिँ ८४ हजार विद्यार्थीले आफ्नो स्कुल शिक्षाको अन्तिम परीक्षा दिन थालेका छन् । हंगेरीमा पनि लकडाउन छ, तर त्यहाँको सरकाले विद्यालयस्तरका परीक्षा चाहिँ लिन सुरु गरेको छ । 

तर, सरकारले परीक्षा लिए पनि हंगेरीका अभिभावक तथा शिक्षक संगठनहरुले यसको विरोध गरेका छन् । उनीहरुले विद्यार्थी र शिक्षकबाट कोरोनाभाइरस संक्रमणको त्रास फैलिने हुँदा यसलाई रोक्नु पर्ने बताउँदै आएका छन् । 

हंगेरी सरकारले चाहिँ त्यहाँ लिखित परीक्षा दुई सातामा सिमित गरेको छ । त्यहाँ मौखिक परीक्षाहरु चाहिँ रोकिएका छन् । एउटा कोठामा सात जना विद्यार्थी राखेर त्यहाँ परीक्षा लिने गरिएको छ ।

हंगेरीमा अहिलेसम्म ३ हजार कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यहाँ ३ सय ५० जनाको कोभिड १९ का कारण निधन भइसकेको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार १:५०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया