विदेशमा फसेका भारतीयलाई भारत सरकारले फिर्ता लैजाने

विदेशमा फसेका भारतीयलाई त्यहाँको सरकारले देश फर्काउने योजना बनाएको छ । विभिन्न देशबाट विमान तथा समुद्री जहाजमा उनीहरुलाई फिर्ता लैजाने बताइएको छ । तर, यसरी भारत फर्किन चाहने भारतीयले आफ्नो यात्रामा लाग्ने शुल्क आफैं तिर्नुु पर्नेछ । 

भारतको विदेश मन्त्रालयले अब विदेशमा रहेका भारतीयहरुको सूची तयार पार्न थालेको छ ।

भारत फर्काउनु पहिले उनीहरुको स्वास्थ्य जाँच गर्ने र जसमा कोरोनाभाइरसका लक्षण देखिएका छैनन्, उनीहरुलाई मात्र भारत फिर्ता ल्याउने बताइएको छ ।

भारत फर्किइसकेपछि पनि उनीहरुले १४ दिन क्वारेन्टाइनमा रहनु पर्ने छ । 

त्यसपछि फेरि कोभिड १९ को परीक्षण भएपछि मात्र उनीहरुलाई घरमा जान दिइने बताइएको छ ।

भारतले यो प्रक्रिया मे २०२० बाट सुरु गर्दैछ ।
 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार १:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया