मानिसमा डिसइन्फेक्टेन्ट छर्किनु झन् हानिकारक : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारिक भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस नमर्ने बताए ।

उनका अनुसार शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश नहुने बताए । भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा वृद्धि भइरहने भएकाले यसले कुनै अर्थ नराख्‍ने बताए ।

शरीरमा छरिएको डिस्इन्फेक्टेन्टले आँखा,मुख,नाक आदिमा हानी पुर्‍याउनुका साथै सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वासमा विभिन्न समस्या उत्पन्न हुने प्रवक्ता देवकोटाको भनाइ छ ।

सोमबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकोटाले किटनाशक झोलको सही तारिका तथा मात्रामा प्रयोग गर्दा भुइँ, यातायातका साधन, छुने गरेका वस्तु, सामग्रीमा स्प्रे गर्दा सतह मात्रै निःसंक्रमण हुने जानकारी दिए ।

उनले भाइरसबाट बँच्‍न सबैभन्दा सरल र महत्वपूर्ण उपाय भनेको २० सकेन्ड मिचिमिची हात धुने, सामाजिक दूरी कायम गर्ने र लकडाउनको पूर्ण पालना गर्नुपर्ने सुझाए ।





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार २:४५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया