पारस शाहको विद्रुप रुप– हातमा चुरोट लिएर दिइरहेछन् स्पष्टिकरण

सहरमा जब राजनीतिप्रति वितृष्णा सुरु हुन्छ, नेपालीहरुले सामाजिक सन्जालमा आजभोलि सबैभन्दा बढी मिस गरिरहेको जस्तो गर्छन्, राजालाई । 

त्यसैले हुनुपर्छ, राजा ज्ञानेन्द्र शाहका तस्वीरसहितका समाचार आउन् या सामाजिक सन्जालमा केही बहस होस्, मानिसहरु लेख्न थालिहाल्छन्– सरकार !

यही सरकार शब्द सामाजिक सन्जालमा सबैभन्दा बढी प्रयोग अर्का एक व्यक्तिका लागि पनि हुन थालेको छ– पारस शाह ।

कुनै समय नेपालका युवराज रहेका यी पारस शाहले चाहिँ आफ्नो ओझ राख्न पक्कै सकेका छैनन् ।

यसको एउटा उदाहरण हो, सोमबार उनको फेसबुकमा देखिएको एउटा विद्रुप रुप ।

यसअघि बारम्बरा कहिले थाइ युवती त कहिले अरुसँग नाम जोडिँदै आएका पारस सोमबार कम्तिमा पनि एक दर्जनपटक आफ्नो फेसबुकमा लाइभमा आएका थिए । 



र, यसको सुरुवाती थियो, उनलाई हृदयघात भयो भन्दै आएका समाचारको खण्डनका लागि तयार पारिएको लाइभ भिडियोको ।

सोमबार साँझ चार बजे फेसबुक लाइभमा आएका पारसले सुरुमा भन्छन्– हेलो, नथिङ रङ विथ मी है गाइज (मलाई त्यस्तो नराम्रो केही भएको छैन है ।) त्यसपछि उनले आफूले हार्टएट्याक भएको सुनेको बताउन थाल्छन् ।



अनि भन्छन्– ढाँटेर उठ्ने मान्छे हो म ?

घरको वरन्डामा पुगेका उनको आवाज त्यसपछि कम सुनिन्छ, पछाडिबाट अरुको आवाज सुनिन्छ ।

त्यसपछि उनले कसैलाई सोध्छन्– कतिजनाले हेरिरहेका छन् । 

हातमा कुनै ‘जुस क्यान’ लिएका पारस वरन्डामा भुलिरहेका छन् । अनि अर्को हातमा चुरोट लिएर उनी उल्टै ‘यी यी यस्तो’ भन्ने खालको अभिव्यक्ति दिइरहेका छन् ।

उनी केही साथीहरुसँग वरन्डामा रहेको प्रष्ट छ । किनकि यो लाइभ भिडियोमा उनी साथीहरुसँग कुरा गरिरहेका छन् । 

अनि उनी पूरै लटपटिएको आवाजमा भन्छन्– फोर डेज भयो पार्टी गरेको । 

मानौँ उनको पार्टी र यस्तो हर्कतलाई मानिसहरुले मन पराएका छन्, उनी थपिदिन्छन्– टिल फूल मुन, सात दिन थपिदिन सक्छु ।

उनको हृदयघातको समाचार कुन मिडियामा आएको हो या होइन भन्नेमा पनि पारस स्पष्ट देखिँदैनन् । अनि भन्छन्– जोसुकैले लेखोस् ।

त्यसपछिका उनका साथीहरु भन्छन्– त्यो वेबसाइट एकछिनमा थाहा पाइहालिन्छ । अनि उनले दोष दिन्छन्, जसले यो समाचार लेखेका थिए, उनीहरुलाई ।

पारस शाहको यो विद्रुप रुप हेरेर र उनले बोल्ने शब्दहरु सुन्दा सायद अब उनलाई सरकार आउ, हामीलाई बचाउ भन्नेहरुको मन पनि फेरिँदो हो ।
 

  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार ३:१७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया