टर्कीमा अब कोरोनाभाइरस संक्रमण रोकथामका लागि लगाइएको लकडाउन केही खुकुलो हुने भएको छ । मेको बीचबाट अब लकडाउन खुकुलो बनाइने टर्कीका प्रधानमनत्री इर्डोगानले सोमबार बताएका छन् ।
टर्कीले केही दिन यता ३१ सहरमा कर्फ्यू लगाउँदै आएको थियो ।
तर, अब लकडाउन खुल्दा पनि ६५ वर्षभन्दा माथिका मानिसहरुलाई टर्कीमा बाहिर निस्किन अनुमति छैन, उनीहरुले छोटो यात्रा मात्र गर्न पाउने छन् । बालबालिकालागि पनि यही नियम लागू गर्ने बताइएको छ ।
लकडाउन खुकुलो भएसँगै टर्कीमा अब सपिङ मल, हजाम पसल र केही खाद्यान्न स्टोरहरु खुल्नेछन् ।
टर्कीमा कोरोनाभाइरसका कारण अहिलेसम्म ३ हजार ४ सय ६१ जनाले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।