सिरहाको सुखीपुर नगरपालिकाको वडा नं १ मा रहेको मोहनपुर कमलपुरमा दुई पक्षबीच झडप हुँदा चार जना घाइते भएका छन् । प्रहरीले स्थानीयबीच भएको जग्गा विवादमा छुरा प्रहार भएको बताएको छ । झडपमा मिश्री यादव र उनका छोरामाथि चोट लागेको छ ।
अर्को समूह कपलेश्वर यादवले उनीहरुमाथि छूरा प्रहार गरेका थिए ।
झडपमा कपलेश्वरसहित उनका छोरा प्रभास पनि घाइते भएका छन् । प्रहरीले घटनामा एक जनालाई पक्राउ गरेको छ । घाइतेहरुको उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।