दक्षिण पूर्वी एशियाली देश कम्बोडियामा पछिल्ला केही सातायता कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् । सरकारी तथ्यांकअनुसार अब कम्बोडियामा एक जना पनि कोरोनाभाइरस संक्रमित नभेटिएको तीन साता भइसकेको छ ।
कम्बोडियामा कोरोनाभाइरस संक्रमणबाट ठिक हुनेको दर पनि राम्रो छ । त्यहाँ अहिलेसम्म एक जनाको पनि कोभिड १९ का कारण निधन भएको छ । यसअघि भेटिएका १ सय २२ जना संक्रमित सबै निको भइसकेका छन् ।
अर्कोतिर, कम्बोडियामा चाहिँ परीक्षण कम भएकाले यस्तो नतिजा आएको हुनसक्ने भन्दै सरकारको आलोचना पनि भएको छ । कम्बोडियाको पत्रिका फ्नोम पेन्ह पोस्टका अनुसार अहिलेसम्म कम्बोडियामा १२ हजार ३ सय ४ जनाको मात्र परीक्षण गरिएको छ । कम्बोडियामा करिब १ करोड ६० लाख मानिस बसोबास गर्छन् ।
कोरोनाभाइरस संक्रमित एक जना पनि नभए पनि कम्बोडियामा लकडाउन चाहिँ लगाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।