दोस्रो दिन पनि न्युजिल्यान्डमा संक्रमित संख्या शून्य

विश्वलाई ठूलो कहर बनिरहेको कोरोनाभाइरसबाट अब न्युजिल्यान्ड मुक्त भएको छ । केही दिनअघि देखि नै न्युजिल्यान्डको सरकारले देशमा कोरोनाभाइरस उन्मूलन गर्ने लक्ष्य लिएको छ । 

योसँगै सोमबार पनि न्युजिल्यान्डमा कोरोनाभाइरसका एक जना पनि संक्रमित भेटिएका छैनन् । यो लगातार दोस्रो दिन यस्तो भएको हो । 

अघिल्लो साता लकडाउनलाई केही खुकुलो बनाएको न्युजिल्यान्डमा अहिलेसम्म १ हजार १ सय ३७ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यहाँ अहिलेसम्म २ जनाको कोभिड १९ का कारण मृत्यु भएको छ । 

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नको यही कारण पनि अहिले विश्वभर प्रशंसा भएको छ । ‘हामी गर्व गर्न पनि सक्छौँ,’ उनले भनेकी छिन्, ‘तर, यसका लागि हामी न्युजिल्यान्डवासीले नै सावधानी अपनाउन चाहिँ छोड्नु हुँदैन ।’
 

 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार ११:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया