विहानै प्रचण्ड–नेपाल पुगे बालुवाटार
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि मंगलबार विहानै बालुवाटार पुगेका छन् । 

यी तीन नेता पछिल्लो समय देखिएको विवाद र २५ वैशाखमा बोलाइएको स्थायी समिति बैठकबारे छलफल गर्न भेला भएको बालुवाटार स्रोतले जनाकारी दिएको छ । 

नेकपा स्रोतका अनुसार पछिल्लो समय भएको विवाद कार्यान्वयनमा अब ढिलाई गर्न नहुने भन्ने निष्कर्ष निकाल्दै यी तीन नेता छलफलका लागि जुटेका हुन् । सचिवालय बैठकमा भएका सम्झौता र सहमतिमा नेपाल पक्षले अहिले पनि आशंका जनाउँदै आएको छ ।

यी तीन नेताले शनिबार भएको सचिवालय बैठकका निर्णयलाई अक्षरशः पालना गर्नु पर्नेमा यो भेटमा जोड दिन खोज्ने नेकपाका एक नेताले बताएका छन् । उनले भने, ‘नेताहरुबीच जुन दूरी कायम भएको छ, त्यसलाई अब विस्तारै मेटाउन पनि यस्ता भेटघाटले प्राथमिकता पाउनु पर्छ ।’
 

 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार ११:१५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया