कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु, बेलायतमा मात्र ३५ नेपालीको मृत्यु

बेलायतमा थप एक नेपालीको कोरोनाभाइरसका कारण निधन भएको छ । नेपालमा पर्वत घर भएका नारायण कोन्मे गुरुङको बेलायतमा सोमबार मृत्यु भएको हो । उनलाई गत साता मात्र कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । उनी गत साता नै अस्पतालमा भर्ना भएका थिए ।

२०२५ सालमा गोरखा सैनिकमा भर्ती भएका गुरुङले केही वर्षमा नै त्यहाँको जागिर छोडेर नेपाल फर्किएका थिए । त्यसपछि केही समय उनी नेपालमा नै बसे र शिक्षण पेशामा आवद्ध भए ।

गुरुङ पछिल्ला केही वर्ष श्रीमती, एक छोरी र दुई छोरासहित बेलायतमा बस्दै आएका थिए । 

गुरुङको निधनसँगै बेलायतमा कोभिड १९ का कारण मृत्यु हुने नेपालीको संख्या ३५ पुगेको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार ११:२३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया