भारतको आन्ध्र प्रदेशमा मदिरामा ७५ प्रतिशत कोरोना शुल्क थपियो

भारतका विभिन्न राज्यमा मदिरा पसलहरु खुलेसँगै त्यहाँ मदिरामा शुल्क पनि थपिन थालेको छ । लकडाउनलाई केही खुकुलो बनाउँदै केन्द्र सरकारले विभिन्न ठाउँमा मदिराका पसल पनि खोल्न दिएको छ । 

सोमबार मात्र मंगलबारबाट लागु हुने गरि दिल्ली सरकारले मदिरामा ७० प्रतिशत थप कोरोना शुल्क लगाउने निर्णय गरेको थियो । त्यहाँको अर्थतन्त्रलाई सहयोग पुगोस् भनेर कोरोना शुल्क लगाउन थालिएको त्यहाँको सरकारले जनाएको थियो । 

अब भारतको आन्ध्र प्रदेशमा मदिरा किन्नेले ७५ प्रतिशत थप कोरोनाभाइरस शुल्क तिर्नु पर्ने भएको छ । यसअघि आन्ध्र प्रदेश सरकारले २५ प्रतिशतमात्र अतिरिक्त शुल्क लगाउने निर्णय गरेको थियो । तर, दिल्लीमा ७० प्रतिशत शुल्क थपिएपछि उसले ५० प्रतिशत थप शुल्क थप्ने निर्णय गरेको हो ।

भारतमा लकडाउनको तेस्रो चरणमा मदिरा पसल खोल्न दिइएको हो । निकै लामो समयपछि मदिरा पसल खुलेपछि दिल्लीमा मदिरा किन्नेको लाइन निकै लामो देखिन थालेको छ जसले अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुमा समेत स्पेस पाएको छ ।





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार १२:१५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया