सरकारले तेलको मूल्य नघटाउने : आपूर्तिमन्त्री

काठमाडौं– कोरोनाका कारण विश्वव्यापी लकडाउन हुँदा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य निकै घटेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार घटे पनि नेपाल सरकारले मूल्य नघटाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मूल्य नघटाउने बताएका हुन् ।

मन्त्री भट्टका अनुसार आयल निगमको नाफा कोरोना रोकथाम तथा उपचार कोषमा पठाउनुपर्ने भएकाले मूल्य समायोजन नगरिने भएको हो । मंगलबार सञ्चारकर्मीसँग भर्चुअल कुराकानी गर्दै मन्त्री भट्टले सो जानकारी गराएका हुन् । 

आयल निगमले सोमबार मात्रै कोरोना नियन्त्रण कोषमा ५० करोड रुपैयाँ पठाएको दाबी गर्दै मन्त्री भट्टले राज्य कमजोर अवस्थामा रहेकाले मूल्य घटाउन नसकिएको बताए । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजनका केही समय पछि गृहकार्य हुने उनले बताए ।

नेपाल आयल निगम प्रवक्ता विनितमणि उपाध्यायले भने निगमको नाफा कोरोना कोषमा पठाउने निर्णय भएकोबारे अनविज्ञता प्रकट गरे । पछिल्लो समय निगम सञ्चालक समिति तथा अन्य कुनै बैठक नभएको उललेख गर्दै उनले यसबारे आफूलाई थाहा नभएको बताए ।
 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार १४:७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया