उपत्यकाका मेयरहरुको सुझाव– लकडाउन खुकुलो नबनाऔँ

कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन २५ वैशाखमा सकिँदै छ । पछिल्ला दिनमा यसपछि के हुन्छ भन्ने विषयमा बारम्बार बहस हुन थालेको छ । केहीले लकडाउन खुकुलो बनाएर अगाडि बढ्नु पर्ने धारणा राखिरहेका छन् ।

यहीबीच उपत्यकाका मेयरहरुले चाहिँ लकडाउन अझ कडा गर्नु पर्ने माग राखेका छन् । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्री तथा कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्रीय समितिका संयोजक ईश्वर पोखरेललाई भेटेर यो माग राखेका हुन् । 

सुरक्षा निकाय लचिलो भएको र अहिले गरिएको लकडाउन पनि पूर्ण रुपमा पालना नभएको भन्दै उनीहरुले लकडाउन अझ लम्ब्याउनु पर्ने र अझ कडा गर्नु पर्ने बताएका हुन् । 

उपत्यकामा कोरोनाको जोखिम अझ कम नभएको भन्दै यस्तो माग उनीहरुले राखेका हुन् । 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार १६:३८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया