दुबईमा कोरोनाका कारण थप एक नेपालीको मृत्यु

दुबईमा कार्यरत एक नेपालीको कोरोनाभाइरसका कारण दुबईमा निधन भएको छ । नेपालमा अर्घाखाँची घर भएका र १५ वर्षदेखि दुबईमा काम गरिरहेका ४७ वर्षका एक व्यक्तिको आइतबार मृत्यु भएको हो । 

उनको कम्पनीले दिएको जानकारी अनुसार उनी ५ वैशाखमा अस्पताल भर्ना भएका थिए ।

सास फेर्न समस्या भएपछि र ज्वरो आएपछि उनलाई छिमेकीले अस्पतालमा पुर्याएका थिए । पहिले निमोनियाका कारण उनी बिरामी भएको भनिए पनि पछि परीक्षणमा उनमा कोरोनभाइरस संक्रमण देखिएको थियो ।
 

 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार १७:६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया