पछिल्लो समय विश्वलाई समस्यामा पारेको कोरोनाभाइरस महामारीलाई सही तरिकाले नियन्त्रणमा लिएको भनेर जर्मनीको व्यापक प्रशंसा भइरहँदा जर्मनीमै चाहिँ अब प्रदर्शन सुरु हुन थालेको छ ।
जर्मनीले लगाएको लकडाउन केही खुकुलो बनाइसके पनि म्युनिखमा सडकमा मानिसहरुले नाचेर सरकारले लगाएको लकडाउनको विरोध गरेका छन् ।
त्यसका लागि उनीहरुलाई त्यहाँकी स्थानीय नेता कथारिना स्कुल्जेले सहयोग गरेकी छिन् ।
तर, यो विरोध प्रदर्शनमा पनि प्रदर्शनकारीले सामाजिक दूरी कायम गरेको प्रहरीले जनाएको छ । जर्मनीले सोमबारबाट यसअघि लगाएका प्रतिबन्धहरुलाई विस्तारै खोल्दै लगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।