लकडाउन के गर्ने भन्ने विषयमा बालुवाटारमा बैठक बस्दै

कोरोनाभाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनलाई अब के गर्ने भन्ने विषयमा बालुवाटारमा बैठक बस्दै छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको यो बैठकमा कोभिड १९ रोकथाम एवं नियन्त्रण समन्वय उच्च स्तरीय समितिका सदस्यहरु पनि सहभागी छन् । त्यस्तै, विभिन्न मन्त्रालयका सचिव तथा अन्य अधिकारी पनि बैठकमा सहभागी छन् । 

देशको अर्थतन्त्रमा ठूलो नोक्सानी पुगिसकेको भन्दै सबै ठाउँमा लकडाउन यथावत् राख्दा थप समस्यामा पर्न सकिने निष्कर्षसहित यो बैठकमा लकडाउनलाई कसरी खुकुलो बनाउने भन्ने रणनीतिमा काम भइरहेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिएका छन् । 

‘बैठकले केही बेरमा निष्कर्ष निकाल्दै छ,’ उनले भने, ‘सायद लकडाउनको मोडालिटी अब केही चेन्ज हुन्छ ।’





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार १८:१९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया