काेराेनाका कारण नाइजरका श्रममन्त्रीकाे मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगारमन्त्री मोहम्मद बेन ओमारको मृत्यु भएको छ । 

राज्य सञ्चालित टेलिभिजनले सोमबार उनको मृत्युको घोषणा गरेको हो । ‘घातक रोगका कारण मन्त्री मोहम्मद बिन ओमारको निधन भएको छ,’टेली साहेलले जनाएको छ । मन्त्री ओमारको निधन भएको समाचार सम्प्रेषण गर्नुअघि उक्त टेलिभिजनले कोरोना भाइरसबारे उनले व्यक्त गरेका सन्देश प्रशारण गरेको थियो ।

सन्देशमा मन्त्री ओमारले कोभिड–१९ निकै खतरनाक र घातक वास्तविकता रहेको तथा प्रकाशको गतिमा फैलिने बताएका थिए । भाइरस रोकथामका लागि सबैले आफूलाई नियन्त्रणमा राख्नुपर्ने सन्देश पनि उनले दिएका थिए ।

सत्तारुढ सोसियल डेमोक्र्याटिक पार्टी (पीएसडी) ले ५५ वर्षीय मन्त्री ओमारको राजधानी नियामेस्थित एक अस्पतालमा आइतबार निधन भएको जनाएको छ । ओमार सन् २०१७ देखि नाइजरको श्रममन्त्री थिए । नाइजरका राष्ट्रपति मोहमदु इफोपुले मन्त्री ओमारको निधनबाट आफू अत्यन्त दुःखी भएको बताएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार नाइजरमा हालसम्म ७ सय ५५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने ३७ जनाले ज्यान गुमाएका छन् ।

भाइरस फैलन थालेपछि नाइजरमा आपत्काल लगाइएको छ भने सबै सीमा नाका, विद्यालय र धार्मिक स्थल बन्द गरिएका छन् । राजधानी नियामेलाई देशका अन्य भूगागबाट अलग्याइएको छ ।





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार १९:३८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया