धनकुटाका सबै नाका सिल

धनकुटा जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै नाकामा पैदल यात्रुलाई समेत आवतजावतमा रोक लगाएर सिल गरेको छ । भोजपुर र उदयपुरमा कोभिड १९ का संक्रमित भेटिएपछि जिल्लाका सबै नाका सिल गरिएका हुन् । 

अब नियमित अनुगमन पनि तीव्र पारिने जिल्लाले जनाएको छ । 

अत्यावश्यक काममा बाहेक कसैलाई पनि जिल्ला भित्रिन र बाहिरिन नदिइने जनाइएको छ । 

सीमाका अरु जिल्लामा कोरोनाभाइरस संक्रमित भेटिएको भन्दै जिल्लामा कडा सुरक्ष ागर्न लागिएको हो । धनकुटाको पश्चिममा भोजपुर र दक्षिणमा उदयपुर जिल्ला जोडिएका छन् ।

धनकुटामा अहिलेसम्म २८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । २७ जना कोरोनाभाइरस संक्रमणको शंकामा रहेको भन्दै अझै पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार १९:५४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया